चीनमा छुरा प्रहार गरी सात विद्यार्थीको हत्या, १२ घाइते • Image Khabar Image Khabar


चीनमा छुरा प्रहार गरी सात विद्यार्थीको हत्या, १२ घाइते


Imagekhabar
१५ बैशाख २०७५, शनिबार १०:१०

चीनमा छुरा प्रहार गरी सात विद्यार्थीको हत्या, १२ घाइते

विद्यालयबाट घर फर्किरहेका विद्यार्थीमाथि गरिएको आक्रमणमा अरु १२ जना घाइते भएका छन् ।

मारिनेमा पाँचजना छात्रा र दुई छात्र रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार साँझ गरिएको आक्रमणमा मृत्यु तथा घाइते भएका सबै १२ देखि १५ वर्ष उमेर समूहका विद्यार्थी हुन् ।

‘बदला लिन’ गरेको सो आक्रमणमा सहभागी रहेको आरोपमा प्रहरीले मिझी काउन्टी गाउँ निवासी झाओ थरका २८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । झाओ सोही विद्यालयका पूर्वविद्यार्थी रहेको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार आरोपितले आफूले सोही विद्यालयमा अध्ययन गर्नेक्रममा आफूलाई जिस्काएको बदलामा आफ्ना सहपाठीलाई आक्रमण गरेको बताएको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्