
योसँगै सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि दक्षिण कोरियाको भूमि टेक्ने किम पहिलो उत्तर कोरियाली नेता बन्नेछन् ।
उत्तर कोरियाले आणविक हतियार छाड्न गरेको संकेतका विषयमा ऐतिहासिक वार्ताकेन्द्रित हुनेछ ।
वर्षौंदेखिको तनावलाई ‘ब्रेक थ्रु’ गर्ने सन्दर्भमा यो सम्मेलन महत्वपूर्ण हुने अनुमान गरिएको छ ।
किमको सम्मानमा दक्षिण कोरियाली सैनिकले सलामी अर्पण गर्ने कार्यक्रम छ । किमले अन्तर कोरियाली शिखर सम्मेलनअघि ‘मिलिटरी डिमार्केसन लाइन’ पार गर्दैछन् ।
निःशस्त्रीकरण गरिएको गाउँ पानमुनजोमको दक्षिणतर्फको भू–भागमा बनाइएको भवनमा दुई नेताबीच शिखर सम्मेलन हुँदैछ । दुई नेताबीच सिसा र कंक्रिटले बनाइएको शान्तिगृहमा वार्ता हुँदैछ ।
उत्तर कोरियाले परमाणु कार्यक्रम स्थगित गर्ने घोषणा गरेपछि कोरियाली प्रायद्वीपमा शान्तिको सम्भावना बढ्दै गएको छ ।
उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि शिखर सम्मेलनको तयारी भइरहेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्