सी र मोदीबीचको भेटवार्तामा के भयो ? • Image Khabar Image Khabar


सी र मोदीबीचको भेटवार्तामा के भयो ?


Imagekhabar
१४ बैशाख २०७५, शुक्रबार २०:५५

सी र मोदीबीचको भेटवार्तामा के भयो ?

चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीलाई राष्ट्रपति सीले सहरको एक संग्रहालयमा स्वागत गरेका थिए ।

भारत र चीनबीचको सीमा विवादले निम्त्याएको समस्या समाधानका लागि आयोजित शिखर सम्मेलन दुई देशका हिमाली क्षेत्रमा लामो समयदेखि देखिँदै आएको अविश्वासको अवस्थालाई निवारण गर्न नयाँ अध्याय सुरू गर्ने विषयमा केन्द्रित भएको बताइएको छ ।

उक्त अवसरमा नयाँदिल्लीबाट चीन पुगेको प्रतिनिधिमन्डलले बेइजिङले अघि सारेको ‘बेल्ट एन्ड रोड’, विश्व व्यापारका लागि आधारभूत संरचना, पाकिस्तान प्रशासित कस्मिरका प्रमुख कार्यक्रमलगायतका विषयमा चासो उठाएको बताइएको छ ।

नयाँदिल्लीले पाकिस्तानी कस्मिरी इलाकालाई गैरकानुनीरूपमा ओगटेको विवादित भूमिकारूपमा लिने गरेको छ ।

शुक्रबार संग्रहालयको अवलोकनपछि केही समय बैठक भएको थियो । शनिबार प्रधानमन्त्री मोदी ‘इस्ट लेक’मा डुंगा भ्रमण गरी पुनः बैठकमा सहभागी हुने कार्यक्रम छ ।

‘मलाई विश्वास छ कि भारतीय प्रधानमन्त्री र म यस बैठकबाटै चीन–भारतबीचको सम्बन्धमा नयाँ अध्याय बनाउनका लागि मार्गप्रशस्त गर्न सफल हुनेछौैं’–चिनियाँ राष्ट्रपति सीले भनेको सीलाई उद्धृत गर्दै राज्य सन्चालित सीसीटीभीले उल्लेख गरेको छ ।

दुई देशले पछिल्लो समयमा असल सम्बन्ध कायम राख्न सफल भएका छन् र आगामी दिनमा सबै क्षेत्रमा निकट साझेदार र सहकार्यका साथ अघि बढ्न आफूले चाहेको राष्ट्रपति सीले बताए ।

‘हाम्रा देशहरूबीच रहेको मित्रवत् सम्बन्धलाई निरन्तर मजबुत् पार्दै ‘याङ्से तथा एलो रिभर’जस्तै नरोकिने गरी अघि बढ्नेछन्’–सीले भने ।

उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफूलाई दुईपटकसम्म बोलाएर भेट गरेको भन्दै चिनियाँ प्रधानमन्त्री सीलाई धन्यवाद ज्ञापन गरेका थिए । यसले उनको भारतप्रतिको माया र मित्रतालाई देखाएको मोदीले बताए ।

विश्वको करिब ४० प्रतिशत जनसंख्या रहेको चीन र भारतलाई विश्वका धेरै समस्या हल गर्ने जिम्मेवारी रहेको र राष्ट्रपति सीसँगको भेट यसका लागि ‘बृहत अवसर’ भएको प्रधानमन्त्री मोदीले बताए ।

राष्ट्रपति सी र आफ्नै नारालाई स्मरण गर्दै मोदीले भने–‘तपाइँको ‘नयाँ युग’को सपना र हाम्रो ‘नयाँ भारत’ भन्ने धारणा विश्वको उपलब्धिका लागि सही कदम हुनेछ ।’

दुवै देशका नेताले सीमा तथा अन्य विवादलाई प्रत्यक्ष उल्लेख गरेका थिएनन् । दुई देशका नेताबीचको ‘अनौपचारिक’ भनिएको भेटवार्ता शनिबार पनि हुने अधिकारीहरूले जनाएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्