Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


लेवनानको बेलायती दूतावासमा महिला कर्मचारी मृत फेला

लेवनान प्रहरीले बेरुतस्थित एक मुख्य सडक किनारामा रिबेका डाइक्स नामकी ती महिलाको शव फेला परेको जनाएको छ । उनको घाँटी थिचेर हत्या भएको प्रहरीले जनाएको छ । रिबेका गत जनवरीदेखि बेरुतमा अन्तर्राष्ट्रिय विकास विभागको कार्यक्रम एवम् नीति प्रबन्धकको रुपमा काम गर्दै आएकी थिइन् । स्थानीय प्रहरीले घटनाबारे छानबिन शुरु गरिएको जनाएको छ । (एजेन्सी)