यस कूटनीतिक दरारको पछिल्लो परिणामस्वरुप बिहीबार केही अमेरिकी कूटनीतिज्ञले रुस छाडेका जनाइएको छ । रुसले देश निकाला गरेका ६० जना अमेरिकी कूटनीतिज्ञले बिहीबार मस्को छाडेका छन् । उनीहरु बिहीबारै मस्कोस्थित अमेरिकी दूतावासबाट बाहिरिएका हुन् । ६० जना अमेरिकी कूटनीतिज्ञ र उनका परिवारसमेत गरी कयौं अमेरिकीहरु मस्कोस्थित दूतावासमा जम्मा भएर बसमा चढी विमानस्थलसम्म पुगेका जनाइएको छ…