१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024


इन्डोनेसियामा गोहीले गाउँले मारेको बदलामा गाउँलेले ३०० संरक्षित गोही मारे


0
Shares

काठमाडौं, असार ३२ । इन्डोनेसियाको पश्चिमी पापु प्रान्तस्थित एक गाउँमा गाउँलेहरुले करिब ३०० ओटा गोही मारेका छन् ।

संरक्षण केन्द्रका गोहीले एकजना स्थानीयलाई मारेको बदलामा यति ठूलो संख्यामा संरक्षित गोही मारिएको हो ।

सरकारी अधिकारी र प्रहरीले गोही मार्नबाट गाउँलेहरुलाई रोक्न नसकेको बताएका छन् ।

शुक्रबार गाउँलेलाई गोहीले मारेपछि शनिबार गाउँलेहरुले गोही संरक्षण केन्द्रमा गएर कार्यालय तोडफोड गर्नुका साथै त्यहाँ रहेको सबै २९२ ओटा गोही मारेका थिए ।

इन्डोनेसियामा संरक्षित प्रजातिका जनावर मार्नु अपराध मानिन्छ र यसविरुद्ध जरिवाना वा कारावास सजायको व्यवस्था छ । (एजेन्सी)