१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


क्युबामा निजी सम्पत्तिलाई मान्यता दिने तयारी


0
Shares

क्युबा, असार ३१ । कम्युनिष्ट मुलुक क्युबामा नयाँ संविधान अन्तर्गत पहिलो पटक व्यक्तिको निजी सम्पत्तिलाई मान्यता दिइने भएको छ ।

सन् १९५९ मा फिडेल क्याष्ट्रो सत्तामा आएपछि व्यक्तिको निजी सम्पत्ति बिक्रीमा रोक लगाइएको थियो । तर कानुनमा परिवर्तन गरी सन् २०११ मा भने यसलाई खुला गरिएको थियो ।

व्यक्तिको सम्पत्तिलाई मान्यता दिएसँगै निजी उद्यमी र विदेशी लगानीकर्तालाई पनि थप सुरक्षा प्रदान गर्नेछ । नयाँ संविधानले केन्द्रीय योजना र राज्यद्वारा सञ्चालित उद्योगहरु मुलुकको अर्थतन्त्रका आधार भएको पक्षलाई पुनः जोड दिने बताइएको छ ।

अर्को हप्ता बस्ने राष्ट्रिय सभाको बैठकले नयाँ संविधानको मस्यौदा अनुमोदन गर्ने विश्वास लिइएको छ । संविधानको मस्यौदालाई यो वर्षको अन्त्यमा हुने जनमत संग्रहमा लगिने छ ।

जनमत संग्रहमार्फत नयाँ संविधान अनुमान भए यसले सन् १९७६ मा कम्युनिष्ट पार्टीले अनुमोदन गरेको वर्तमान संविधानलाई प्रतिस्थापित गर्नेछ ।

सन् २०१० यता अर्थतन्त्रमा सुधार गर्न भन्दै क्युवामा श्रृंखलाबद्ध सुधारका कार्यक्रमलाई ल्याइएको छ । (एजेन्सी)