बुधबार (हिजो) राष्ट्रसंघको महासभालाई राष्ट्रपति ट्रम्पले गरेको सम्बोधनलाई उत्तर कोरियाका विदेशमन्त्री रि योङहोले विहीबार (आज) भुकिरहेको ‘कुकुरको आवाज’ भएको पहिलो औपचारिक प्रतिक्रिया दिएका हुन् । विदेशमन्त्री रिले न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालय बाहिर संवाददाताहरुलाई भने, ‘एउटा भनाई छ–कुकुर भुक्दै गर्दा पनि ‘परेड’ खेल चलिरहन्छ ।’ उनले भने ‘यदि ट्रम्पले हामीलाई कुकुरको भुकाइमार्फत अचम्भीत पार्न खोजेका हुन् भने…