२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


अमेरिकी सेयर मूल्यमा एक दशकयताकै गिरावट, एसियाली बजार पनि प्रभावित


0
Shares

सोमबारको कारोबारमा सेयर मूल्यमा एकैदिन ११ सय ७५ अंकको गिरावट आएको हो । ४.६ प्रतिशतको गिरावटसहित अमेरिकी सेयरबजार ‘डाऊ जोन्स’ बन्द भएको थियो ।

सेयरको मूल्य बढ्ने अनुमान गरिएकाबेला महिनौंदेखि बजारमा भएको वृद्धिपछि यो गिरावट आएको हो ।

अमेरिकी सेयर मूल्यमा आएको गिरावटको प्रभाव युरोपेली र एसियाली सेयर बजारहरुमा पनि परेको छ ।

गत शुक्रबार अमेरिकी श्रम मन्त्रालयले सार्वजनिक गरेको रोजगारीको संख्यामा अपेक्षा गरिएभन्दा बढी तलब वृद्धि हुने देखाइएको थियो । त्यसपछि कम मूल्यमा सेयर बिक्री बढेको हो ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एकजना प्रवक्ताले राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको दीर्घकालीन आर्थिक अवस्थामा ध्यानकेन्द्रित गरेको र यो अपवादकोरूपमा बलियो रहेको जनाएका छन् ।

अमेरिकामा सन् २००८ को आर्थिक संकटकाबेला ७७७.६८ अंकले सेयर मूल्यमा गिरावट आएको थियो ।

यता, मंगलबार भारतीय सेयरबजार पनि प्रभावित भएको छ । (एजेन्सी)