काठमाडौं, बैशाख ८ । उत्तर कोरियाले अब थप परमाणु मिसाइल परीक्षण नगर्ने भएको छ । उत्तर कोरियाका नेता किम जोङ उनले अब थप परमाणु मिसाइल परीक्षण गर्नु जरुरी नभएको बताएको त्यहाँका सरकारी संचारमाध्यमहरुले जनाएका छन् । दक्षिण कोरियाको समाचार संस्था योन्हपले २१ अप्रिलदेखि उत्तर कोरियाले मिसाइल तथा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण रोक्ने निर्णय गरेको जनाएको…