‘कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन’ • Image Khabar Image Khabar


‘कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन’


Imagekhabar
६ बैशाख २०७५, बिहीबार १६:५८

‘कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन’

उनले उत्तर कोरिया र दक्षिण कोरियाकाबीचमा अहिले भइरहेको सुधार कल्पना गरेभन्दा बढी भएको दावी पनि गरे ।

दुई देशको शिखर सम्मेलनपछिको परिणामले नाटकीय सुधारलाई पुष्टि गर्ने उनले बताएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ‘ब्लु हाउस’ले जनाएको छ ।

संयुक्त शिखर सम्मेलनमार्फत् सबैखाले द्वन्द्वको अन्त्य गरी दीर्घकालीन शान्तिको मार्गमा दुई मुलुक अगाडि बढ्ने मुनको विश्वास छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन र उत्तर कोरियाका नेता किम जोङ उनसहितको दुई देशको शिखर सम्मेलन यही अप्रिल २७ तारिखमा हुन लागेको छ ।

उनीहरुबीचको पहिलो भेटवार्ता दुवै कोरियाको सिमानामा रहेको पान्मुन्जोममा गर्ने यसअघि नै तय भइसकेको छ र त्यहीअनुसार तयारी तीव्र पारिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्