काठमाडौं । फिलिपिन्समा ५९ जनाको ज्यान लिने गरी विध्वंस मच्चाएको म्याङ्खुट नामक शक्तिशाली आँधी हङकङ हुँदै चीन पुगेको छ । आँधीले चीनको सबैभन्दा धेरै जनसंख्या भएको ग्वाङडुङ प्रान्तलाई प्रभावित पारेको छ । प्रतिघण्टा १६२ किलोमिटरको गतिमा चलेको आँधीले त्यहाँको जनजीवनलाई अस्तव्यस्त बनाइरहेको छ । उक्त आँधी जेङमेन शहर नजिकै चिनियाँ तटबाट प्रवेश गरेको संचारमाध्यमहरुले जनाएका…