काठमाडौं, जेठ २९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले प्योङयाङलाई सुरक्षा ग्यारेन्टीको बदलामा पूर्णपरमाणु निःशस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने ऐतिहासिक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरको सेन्तोसा टापुमा अवस्थित कापेला होटलमा दुई नेताबीच भएको वार्तापछि चारबुँदे सहमतिमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा ‘संयुक्तराज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र…