
काठमाडौं, जेठ २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग हुने वार्ता शान्तिका लागि ‘वन–टाइम सट’ रहेको बताएका छन् ।
ट्रम्प र किमबीच पर्सी जुन १२ मा सिंगापुरमा पहिलो पटक ऐतिहासिक वार्ता हुँदैछ । ट्रम्पले आसन्न वार्तालाई मिसन अफ पिस अर्थात शान्तिको अभियान भनेका छन् ।
विश्वासको हिसाबले दुबै जना अहिले अनभिज्ञ रहेको पनि ट्रम्पले उल्लेख गरे ।
ट्रम्प क्यानडामा भएको जी सेभेन सम्मेलनपछि किमसँग वार्ताका लागि सिंगापुर पुग्दै छन् ।
ह्वाइट हाउसले किमसँगको वार्ता विश्व शान्तीका लागि पहिलो स्टेप हुने बताएको हो ।
उत्तर कोरियाली नेता किम परमाणु हतियार त्याग्न तयार हुने आशा रहेको ह्वाइट हाउसको भनाइ छ ।
पछिल्लो १८ महिना उतारचढावपूर्ण सम्बन्ध ब्यहोरेका ट्रम्प र किम अहिले आएर वार्ता गर्न तयार भएका हुन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्