८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


अमेरिकी राष्ट्रपतिसँग वार्ताका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा


0
Shares

सिंगापुर, जेठ २७ । उत्तर कोरियाका नेता किम जोङ उन सिंगापुर पुगेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको ऐतिहासिक वार्ताका लागि किम सिंगापुर पुगेका हुन् । किम र ट्रम्पबीच आउँदो मंगलबार सिंगापुरको एक टापुमा वार्ता हुँदैछ ।

दुई नेताबीचको पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको हो ।

सिंगापुरको विदेश मन्त्रालयले उत्तर कोरियाली नेता किम सिंगापुर आइपुगेको जनाएको छ । किमले सोमबार सिंगापुरका प्रधानमन्त्रीसँग छलफल गर्ने कार्यक्रम छ ।

किमसँगको शिखर वार्ताका लागि अमेरिकी राष्ट्रपति पनि सिंगापुर पुग्दैछन् । (एजेन्सी)