तिरुवनंतपुरम (भारत), पुस २० । दक्षिणी भारतको एउटा मन्दिरमा दुईजना महिला प्रवेश गर्न लागेका कारण उत्पन्न विरोध प्रदर्शनपछि ७५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । दक्षिण भारतीय राज्य केरलामा अवस्थित हिन्दु धर्मावलम्बीहरुको सबरीमालामा परम्परागतरूपमा महिलालाई निषेध गरिएको र मन्दिरमा परम्पराविपरीत गएर महिलाले प्रवेश गर्न लागेको भन्दै गत बुधबारबाट विरोध…