एजेन्सी। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई शुक्रबार बिहान इस्लामाबादमा रहेको शिफा इन्टरनेशनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फेरि जेलमा पठाइएको छ । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले खानलाई नेत्ररोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ र फिजिसियनसहितको टोलीले जाँच गरेको बताउनुभएकाे हाे। परीक्षणपछि डाक्टरहरूले पूर्वप्रधानमन्त्री खान ‘चिकित्सकीय रूपमा तन्दुरुस्त’ रहेको बताएकाे बीबीसीले जनाएको छ । सर्वोच्च अदालतले गएको मंगलबार खानलाई ४८…