प्रदीप पौडेल (इमेज) पोखरा, भदौ २६ । गन्डकी प्रदेश सरकारले इन्डोनेसिया एसियाडमा नेपाललाई एकमात्र रजतपदक दिलाउन सफल नेपाली पाराग्लाइडिङ टिमलाई नगदसहित सम्मान गरेको छ । मंगलबार पोखरामा आयोजित कार्यक्रममा गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रको गरिमा बढाउने पोखरेली खेलाडीले गरेको योगदानको सम्मान गरिएको बताए । पाराग्लाइडिङ टिमका पाँचजना खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरिएको…