काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ । गएराती भएको खेलमा हडर्सफिल्ड टाउनलाई ३-० ले हराउँदै चेल्सीले नयाँ सिजनको प्रिमियरसिपमा शानदार सुरुवात गरेको हो । खेलमा चेल्सीलाई विजयी गराउन एन्गोलो कान्टे, जर्जीनो र पेड्रोले एक एक गोल गरे । जितसँगै नयाँ प्रशिक्षक मउरिजियो सारीले पहिलो प्रतिस्पर्धात्मक खेलमै सफलता हात पारेका छन्…