काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता सुरु भएको छ । ‘इनर्जी अफ एसिया’ अर्थात् ‘एसियाको शक्ति’ भन्ने सन्देशका साथ आसियन राष्ट्र इन्डोनेसियाको राजधानी जकार्तामा हिजो प्रतियोगिता सुरु भएको हो । सेन्ट्रल जकार्ताको गेलोरा बुङ कार्नो रंगशालामा इन्डोनेसियाका राष्ट्रपति जोकोइ विडोडोले प्रतियोगिताको उद्घाटन गरे । राष्ट्रपति कार्नोले प्रतियोगिता उद्घाटनको घोषणा गर्दा रंगशालामा भव्य आतिसबाजी गरिएको…