काठमाडौं, कात्तिक १२ । आइसीसी क्रिकेट विश्वकपको ट्रफी सोमबार काठमाडौंको वसन्तपुरस्थित दरबार क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखियो । चारदिने ‘ट्रफी टुर’को अन्तिम दिन वसन्तपुरमा राखिएको ट्रफी हेर्न सर्वसाधारणको बाक्लो उपस्थिति थियो । ६० सेन्टिमिटर उचाइ र ११ केजी तौल रहेको एकदिवसीय विश्वकप क्रिकेटको यो ट्रफी सन् १९९९ मा बनाइएको हो । सुन र चाँदीबाट तयार…