जकार्ता, भदौ १२ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)को स्क्वासतर्फ पुरुष टिम इभेन्टमा नेपाललाई जापानले ३–० ले हराएको छ । मंगलबार नेपालका अर्हान्तकेशर सिंहलाई जापानका तोमोताका इन्डोले ११–३, ११–६ र ११–७ को सोझो सेटमा हराए । यसैगरी, अर्का नेपाली खेलाडी अमृत थापामगरलाई रुनोसुके सुकीले ११–०, ११–५ र ११–५ को सोझो सेटमै पाखा लगाए ।…