जकार्ता, भदौ १३ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत् पाराग्लाइडिङको पुरुष क्रसकन्ट्रीमा नेपालले रजतपदक जितेको छ । जकार्ता एसियाडमा बुधबार नेपालको पदकविहीन यात्रा तोडिएको हो । पाराग्लाइडिङको पुरुष क्रसकन्ट्रीतर्फ पाँच चरणसम्म भएको खेल बुधबार सकिएको हो । जसमा नेपालले समग्रमा ११ हजार ३६४ स्कोर गर्दै रजतपदक जितेको हो । जापानले समग्रमा ११ हजार…