बिराज रोस्यारा (इमेज) कैलाली, माघ १ । संकटा क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० ले पराजित गर्दै संकटा सेमिफाइनलमा पुगेको हो । मंगलबार धनगढी रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलको दोस्रो मिनेटमा नै लक्ष्मण रुचालको पासमा एलोन म्याक्सवेलले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए…