काठमाडौं, माघ ५ । नेपाललाई ७० रनले पराजित गर्दै आयोजक थाइल्यान्डले थाइल्यान्ड टी–२० स्म्यास क्रिकेटको उपाधि जित्न सफल भएको छ । टेर्ड थाइ मैदानमा शनिबार भएको फाइनल खेलमा १२२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपालले ५१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । नेपालको सुरुआत राम्रो हुन सकेन । ओपनर काजल श्रेष्ठ पहिलो ओभरमा एक रन बनाएर…