नेपालगन्ज, वैशाख ११ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा २१औं राष्ट्रिय पौडी प्रतियोगितामा गौरिका सिंहले १२ स्वर्णपदक जितेकी छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी छन् । उनले धेरै मेहनतपश्चात् प्रतियोगितामा १२ स्वर्णपदक जित्न सफल भएको बताइन् । ‘राष्ट्रिय खेलकुदमा जितेको पदकले थप…