नेपालगन्ज, वैशाख ६ । भारोत्तोलन खेलाडी संगीता राईले भारोत्तोलनको महिला ४९ केजी तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुदकाक्रममा शुक्रबार राईले स्न्याचतर्फ ५८ केजी तथा क्लीन एन्ड जर्कतर्फ ७५ केजी उचाल्दै कुल १३३ केजीको नयाँ कीर्तिमान बनाएकी हुन् । नेपाल पुलिस क्लबकी संगीताले आठौं राष्ट्रिय खेलकुदको प्रदेशस्तरीय छनोटकाक्रममा बनाएको…