Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


कोपा अमेरिका फुटबल : पाराग्वेलाई टाइब्रेकरमा हराउँदै ब्राजिल सेमिफाईनलमा


0
Shares

ब्राजिल, असार १३ । पाराग्वेलाई टाइब्रेकरमा हराउँदै ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

ब्राजिलमा आज बिहान भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएपछि नतिजाका लागि टाइब्रेकरमा जानु परेको थियो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त आधा घण्टाको समयमा पनि गोल हुन नसकेपछि खेल टाई ब्रकेरमा पुगेको थियो ।

घरेलु टोली ब्राजिल टाईब्रेकरमा ४–३ ले विजयी भयो । ब्राजिलका लागि विलियन, मार्कीनोज, कौटिन्हो र जिससले गोल गर्दा फर्मीनोको प्रहार चुक्यो ।

पाराग्वेका गुस्ताभो गोमेज र डेर्लीस गोन्जालेजको प्रहार बिफल भयो । कोपा अमेरिका फुटबलमा भोलि दुई खेल हुनेछन् । राती पौने १ बजे भेनेजुएला र अर्जेन्टिना भिड्दा भोलि बिहान पौने ५ बजे कोलम्बियाले चिलिसँग खेल्नेछ ।