काठमाडौं, असार १३ । खेल सामग्री उत्पादक अन्तर्राष्ट्रिय ‘ब्रान्ड’ केल्मी नेपालले नेपाल कराँते महासंघलाई प्रायोजन गरेको छ ।
महासंघ र केल्मीको नेपालमा आधिकारिक बिक्री–वितरक कामारु ट्रेडिङ प्रालिबीच शुक्रबार दुई वर्षका लागि खेलकुद सामग्री प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
यो सम्झौतासँगै आगामी मंसिरमा नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने राष्ट्रिय कराँते खेलाडीले केल्मीको सामान खरिदमा ३० र अरु राष्ट्रिय खेलाडीले केल्मीको खरिदमा २० प्रतिशत छुट पाउनेछन् ।
त्यस्तै, सागमा स्वर्णपदक जितेका खेलाडीहरुले पनि ३० प्रतिशत छुट पाउनेछन् ।
कार्यक्रममा १३औं सागका लागि तयारी गरिरहेका नेपाली कराँते टिमका २१ खेलाडी, दुई प्रशिक्षक र व्यवस्थापकलाई खेलकुद सामग्री प्रदान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्