पोखरा । ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब पोखरा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुधबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा ब्रिगेड ब्वाइज क्लबमाथि संघर्षपूर्ण जित हासिल गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङले खेल टाइब्रेकरमा ५-४ ले जितेको हो । निर्धारित ९० मिनेटको खेलमा १-१ को बराबरी भएपछि थपिएको समयमा गोल नभएपछि…