काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोना र एथ्लेटिको बिल्बाओले गोलरहीत बराबरीमा खेल्दै अंक बाँडेका हुन् । एथ्लेटिको बिल्बाओको मैदानमा भएका खेलमा बार्सिलोनाले केही उत्कृष्ट गोलको अवसर खेर फालेपछि खेल बराबरीमा टुंगिएको हो । बिल्बाओसँगको बराबरीसँगै बार्सिलोना शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चुकेको छ ।…