काठमाडौं, फागुन १० । आइसीसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समूहको छनोट खेलमा नेपालले दोस्रो जित हात पारेको छ । थाईल्याण्डको बैंककमा आज बिहान भएको खेलमा युएईले दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले ११औं ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा रुबिना क्षेत्रीको अविजित १८ रन महत्वपूर्ण रह्यो । यसअघि…