इलाम, चैत ३ । हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार इलामको टुँडिखेलमा भएको दोस्रो सेमिफाइनल खेलमा मेची नेत्रालय काँकडभिट्टालाई ३–० ले हराउँदै हिमालयन फाइनलमा पुगेको हो । हिमालयनको जितमा त्रिदेव गुरुङ, रवि थापा र भीषण गुरुङले एक/एक गोल गरे । हिमालयनका गोलरक्षक किशोर…