लन्डन, असार ८ । जारी विश्वकप क्रिकेटमा शनिबार राति भारतले अफगानिस्तानमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । भारतले अफगानिस्तानलाई ११ रनले हराएको हो । खेलमा पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २२४ रनको मध्यम योगफल तयार पारेको थियो । २२५ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४९ ओभर ५ बलमा अलआउट हुनुपूर्व २१३…