Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएपले जित्यो

कञ्चनपुर । प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएपले जितेको छ । महेन्द्रनगरमा सम्पन्न प्रतियोगितामा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको ७२ रनको लक्ष्य एपीएफले १५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफका लागि इन्दु बर्माले २२, सीता रानामगरले १८ र ज्योति पाण्डेले १७ रन बनाए ।…