
काठमाडौं, भदौ २० । श्रीलंकामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले कमजोर सुरुआत गरेको छ ।
नेपालले आयोजक टोली श्रीलंकासित ५ विकेटको हार व्यहोरेको हो ।
शुक्रबार टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले वर्षाले गर्दा ४२ ओभरमा झारिएको खेलमा ९ विकेटको क्षतिमा १५९ रन बनाएको थियो ।
रित गौतमले सर्वाधिक ५४ तथा कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए ।
श्रीलंकाका दिलशान मदुशंका र नावोध पारानाभिथानाले समान ३/३ विकेट लिए ।
जवाफमा सामान्य विजय चुनौती टेस्ट मान्यताप्राप्त राष्ट्र श्रीलंकाले ३३ ओभर ४ बलमै ५ विकेटको क्षतिमा पूरा गर्यो ।
कमिल मिसाराले सर्वाधिक ५५ रन बनाए ।
नेपालका लागि रसिद खानले २ तथा पवन सर्राफ, कमलसिंह ऐरी र सागर ढकालले १/१ विकेट लिए ।
शुक्रबार नै भएको खेलमा बंगलादेशले युएईलाई ६ विकेटले हरायो ।
नेपालले समूह चरणको दोस्रो खेलमा आइतबार बंगलादेशसित तथा अन्तिम खेलमा मंगलबार युएईसित खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्