काठमाडौं, भदौ १७ । साविक विजेताहरु नोभाक जोकोभिच र नाओमी ओसाका युएस ओपन टेनिसबाट बाहिरिएका छन् ।
१६ पटकका ग्रान्डस्लाम च्याम्पियन सर्बियन खेलाडी जोकोभिचको काँधमा समस्या आएपछि उनले स्टानिस्लास वावरिंकाविरुद्धको खेलबाट संन्यास लिएका हुन् ।
चोटका कारण ‘रिटायर्ड हर्ट’ हुनुअघि जोकोभिच स्वीस खेलाडी वावरिंकाविरुद्धको खेलमा ६–४, ७–५ र २–१ ले पछाडि थिए ।
जोकोभिचले हालसम्म ग्रान्डस्लाममा छैटौंपटक र समग्रमा १३औंपटक चोटका कारण संन्यास लिइसकेका छन् ।
पुरुष एकलकै अरु खेलहरुमा विजयी हुँदै अर्जेन्टिनाका डीएगो स्वार्जम्यान र फ्रान्सका गेल मोन्फिल्स पनि क्वार्टरफाइनलमा पुगेका छन् ।
ओसाका चौथो चरणबाटै बाहिरिइन्
महिलातर्फ साविक विजेता नाओमी ओसाका चौथो चरणबाटै बाहिरिएकी छन् ।
ओसाकालाई स्वीट्जरल्यान्डकी बेलिन्दा बेन्सीकले ७–५ र ६–४ ले हराएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्