काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया र न्युजिल्याण्डले विजयी सुरुवात गरेका छन् । हिजो भएका खेलमा साविक विजेता अष्ट्रेलियाले अप्mगानिस्तानलाई ७ विकेटले हरायो । इङ्ल्याण्डको ब्रिस्टोलमा अफगानिस्तानले दिएको २ सय ८ रनको लक्ष्य अष्ट्रेलियाले ३४ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा डेभिड वार्नरले अविजित ८९ रन बनाउँदा आरोन फिन्चले…