Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


विराटनगरलाई हराउँदै काठमाडौं फाइनलमा

काठमाडौं, कात्तिक ५ । विराटनगर टाइटान्सलाई हराउँदै क्याट क्वीन्स काठमाडौं महिला ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता (डब्लुसीएल)को फाइनलमा पुगेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको ‘प्लेअफ’ खेलमा विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौंले फाइनलमा स्थान बनाएको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ ओभर ३ बलमा ‘अलआउट’ हुँदै ६८ रनमात्रै जोड्न सक्यो…