काठमाडौं । विश्व वरियतामा शीर्ष स्थानमा रहेका राफाल नाडाल एटिपी फाइनल्स अन्तर्गत गएराति भएको पहिलो खेलमा पराजित भएका छन् । यो पराजयसँगै विश्व वरियतामा रहने नाडानलको प्रयास असफल हुने खतरा बढेको छ । साविक विजेता स्पेनिस नाडाल रुसका एलेक्जान्डर स्भेरेभसँग राउण्ड रोबिन प्रणालीको पहिलो खेलमै ६–२ र ६–४ को सोझो सेटमा पराजित भएका हुन् ।…