
काठमाडौं, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् गल्फतर्फ नेपालले दुईओटा स्वर्णपदक जितेको छ ।
शुक्रबार गोकर्ण गल्फ क्लबमा सम्पन्न खेलमा नेपालका सुवास तामाङले व्यक्तिगत विधाको स्वर्णपदक जिते ।
शुक्रबार अन्तिम दिन ३ अन्डर ६९ खेलेका सुवासले कुल १४ अन्डर २७४ को स्कोरकार्ड बनाए । सुवासभन्दा ८ स्ट्रोकले पछि परेका बंगलादेशका मोहमद फरहादले रजतपदक जिते ।
यस्तै, पुरुष टिम इभेन्टको स्वर्णपदक पनि नेपालले जितेको छ ।
नेपालका सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङको टिम स्वर्ण जित्न सफल भएको हो ।
योसमेत नेपालले जारी सागमा ३९ ओटा स्वर्णपदक हासिल गरेको छ । नेपालले विभिन्न ९ खेलमा स्वर्णपदक जतेको छ ।
प्रतिक्रिया दिनुहोस्