काठमाडौं । न्यूजिल्याण्डलाई सुपर ओभरपछि पराजित गर्दै आयोजक इङ्ल्याण्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । क्रिकेटको ‘मक्का’ मानिने लर्ड्स मैदानमा गएराति भएको फाइनलमा घरेलु टोली इङल्याण्डले रोमान्चक जित निकाल्दै पहिलो पटक विश्वकपको उपाधि जितेको हो । खेलमा न्यूजिल्याण्डले दिएको २ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २…