काठमाडौं, साउन २ । थाइल्यान्डमा जारी एसियन इन्डोर हक्कीमा नेपालको महिला तथा पुरुष दुवै टिम समूह चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा बिहीबार महिला टिम इरानसित ५–१ ले पराजित भयो । नेपालका लागि अञ्जना चन्दले एक सान्त्वना गोल गरिन् । महिला टोलीले खेलेका चार खेलमध्ये एकमा जित हासिल गर्दा तीन खेल हारेको हो ।…