
काठमाडौं । इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका खेलाडी फाबिएन डेल्फ अर्को प्रिमियर क्लब एभर्टन गएका छन् ।
एभर्टनसँग उनले तीन वर्षको सम्झौता गरेको बताइएको छ । सिटीसँगको सम्झौता एक वर्ष बाँकी छँदै २९ वर्षीय खेलाडी डेल्फ नयाँ गन्तब्यतर्फ लागेका हुन् ।
एभर्टनले उनलाई १० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । उनले इङ्ल्याण्डको राष्ट्रिय टिमबाट २० खेल खेलेका छन् ।
उनले विश्वकप र हालैको युएफा नेसन्स लिग फुटबलमा इङ्ल्याण्डको प्रतिनिधित्व गरेका थिए । डेल्फले सिटीबाट २२ खेल खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस्