२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


युरोपियन च्याम्पियन्स लिगमा २४ टोली दोस्रो चरणका लागि छानिए


0
Shares

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको पहिलो चरणका छनोट खेल सकिएका छन् ।

पहिलो चरणका खेलमा विजयी हुँदै विभिन्न देशका २४ टोली दोस्रो चरणका लागि छनोट भएका छन् ।

गएराति भएका खेलमा विजयी हुँदै स्कटल्याण्डको सेल्टिक र नर्वेको रोजेनवर्ग अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

गएराति भएको दोस्रो लेगको छनोट खेलमा बोस्नियाको फुटबल क्लब एफ.के. सारायभोलाई २–१ ले हराउँदै सेल्टिकले समग्रमा ५–२ को जितसहित दोस्रो चरणमा ठाउँ पक्का गर्‍यो ।

यसैगरी उत्तरी आयरल्याण्डको लिनफिल्ड फुटबल क्लबलाई हराउँदै नर्वेको रोजेनवर्ग तथा अल्बानियाको पार्टीजानी तिरानालाई हराउँदै अजरबैजानको काराबाग पनि दोस्रो चरणमा उक्लिए ।

च्याम्पियन्स लिग फुटबल पहिलो चरणको छनोटमा रोमानियाको बाते बोरिसोभ, टर्कीको मारीबोर, स्वीडेनको ए.आई.के फुटबल क्लब र सर्वियाको रेड स्टार बेलग्रेड पनि विजयी भएका छन् ।