काठमाडौं, मंसिर १४ । १३ औं दक्षिण एसियाली खेलकुद सागको भोली उद्घाटन हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्ने कर्याक्रम रहेको छ । साँझ ५ बजे सुरु हुने समारोह तीन घण्टा चल्ने बताइएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा गठन भएको समारोह समितिले हिजो बेलुकी सागको उद्घाटन अभ्याससमेत गरिसकेको छ…