
काठमाडौं, मंसिर १२ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला भलिबलमा नेपाल समूहको दोस्रो तथा अन्तिम खेलमा भारतसित पराजित भएको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दुईओटा ‘सेट प्वाइन्ट’ बचाउन नसक्दा २६–२४ ले पराजित हुनपुग्यो ।
दोस्रो सेटमा सुरुदेखि नै दबाबमा देखिएको नेपाल २५–१२ ले पराजित भयो । तेस्रो सेटमा नेपाल २५–१६ हार्योे ।
यो खेलसँगै नेपाल र भारतको समान ३ अंक भएको छ ।
पहिलो खेलमा बुधबार नेपालले नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
अब समूहको अन्तिम खेलमा भारत र बंगलादेश भिड्नेछन् । सो खेलको विजेताले समूह विजेता र उपविजेताको छिनोफानो लगाउनेछ ।
पुरुष भलिबलमा भारत र पाकिस्तानको विजयी सुरुआत
पुरुष भलिबलतर्फ बिहीबार भारत र पाकिस्तानले विजयी सुरुआत गरेका छन् ।
भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दैै सेमिफाइनलनजिक पुगेको हो । भारत २५–१८, २५–१४ र २५–१५ ले विजयी भयो ।
यसअघि, बंगलादेशले बुधबार नेपाललाई ‘बेस्ट अफ फाइभ’मा हराएको थियो ।
अब नेपालले समूहको अन्तिम खेलमा शुक्रबार भारतसित खेल्नेछ । स्पस्ट जितले मात्र नेपाल सेमिफाइनलमा पुग्न सक्नेछ ।
यस्तै, समूह ‘बी’को खेलमा बिहीबार पाकिस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्यो । पाकिस्तान २५–१६, २५–२३ र २५–१५ ले विजयी भयो । जितसँगै पाकिस्तान सेमिफाइनलनजिक पुगेको छ ।
पाकिस्तानले अब समूह चरणको अन्तिम खेलमा शुक्रबार श्रीलंकासित खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्