काठमाडौं, वैशाख ३ । भारतमा हरेक वर्ष हुँदै आएको ‘ट्वेन्टी–२० फ्रेन्चाइज लिग’ इन्डियन प्रिमियर लिग (आइपीएल) अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बुधबार बिहान कोरोनाभाइरसको महामारीका कारण आइपीएल अनिश्चितकालसम्मका लागि स्थगित गरेको जानकारी दिएको हो । बीसीसीआईले सहभागिता जनाउने आठै टिमलाई प्रतियोगिता स्थगित भएकोबारेमा जानकारी गराइसकेको छ । नेपाली स्पिन बलर…