एजेन्सी । फ्रान्सको शीर्ष डिभिजनका दुई वटा फुटबल प्रतियोगिता ‘लिग वान’ र ‘लिग टु’ रद्द भएका छन् । कोरोना भाईरसको महामारीका कारण सरकारले आगामी सेप्टेम्बरसम्म सबै खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेपछि चालु सिजनका बाँकी खेलहरु रद्द भएका हुन् । फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपेले हिजो लकडाउन यही मे ११ तारिखपछि खुकुलो पार्ने बताउँदै खेलकुद गतिविधि…