फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि पोल्याण्डको इगा स्विटेकलाई • Image Khabar Image Khabar


फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि पोल्याण्डको इगा स्विटेकलाई


Imagekhabar
२५ आश्विन २०७७, आईतवार ०७:४६

फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि पोल्याण्डको इगा स्विटेकलाई

काठमाडौं । पोल्याण्डकी इगा स्विटेकले महिलातर्फको फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छिन् ।

पेरिसमा गएराति भएको फाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनलाई हराएर स्विटेकले उपाधि जितेकी हुन् ।

पहिलो पटक फ्रेन्च ओपन जित्ने क्रममा स्विटेकले चौंथो वरियताकी केनिनलाई ६–४ र ६–१ को सेटमा जित निकालिन ।

१९ वर्षीय स्विटेकको यो खेल जीवनकै पहिलो ग्राण्डस्लाम उपाधि हो । पहिलो पटक ग्राण्डस्लामको फाइनलमा पुगेकी उनले पहिलो फाइनल यात्रामै उपाधि जितेकी हुन् ।

५४ औं वरीयताकी स्विटेक सन् १९७५ पछि महिलातर्फ फाइनल पुग्ने तल्लो वरीयताकी पहिलो खेलाडी समेत हुन् ।

पुरुषतर्फको उपाधिका लागि १३ पटकको च्याम्पियन राफेल नाडाल र नोभाक जोकोभिच भिड्ने छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्